Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर राख्न विवेकशीलको माग

काठमाडौं । विवेशकील साझा पार्टीले नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न सरकारसँग माग गरेको छ ।

मंगलबार पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै सरकार समक्ष यस्तो माग गरेका हुन्। साथै, आगामी पौष २७ गते पृथ्वीनारायणको जन्म जयन्तीलाई 'नेपाल दिवस'को रुपमा मनाउन पनि विवेकशीलले सरकारसँग माग गरेको छ।

विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै विवेकशीलले नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिइयोस्,’ पाठकले जारी गरेको विज्ञप्ति उल्लेख छ । यस्तै, विवेकशीलले पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने घोषणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077