Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रुपमा मनाऔँ’

काठमाडौँ । विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाइनुपर्ने माग गरेको छ ।

आगामी साता पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा उक्त पार्टीले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ ।

'संसारका अधिकांश देशहरूमा विशिष्ट महत्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो,' विज्ञप्तिमा भनिएको छ ।

पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर यही २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ प्रारम्भ गर्ने तथा उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुन जनाउँदै यसमा सहभागी हुन सम्पूर्ण नेपालीमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077