Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३२ लाखको चेक बाउन्स मुद्धाका फरार खनाल महाशाखाको फन्दामा

काठमाडौँ । महानगरीय अपराध महाशाखाले अदालतबाट ११ दिन कैद र ३२ लाख जरिवाना तोकेपछि फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची मालारानी गापा-३ घर भई हाल काठमाडौँ नयाँबानेश्वर बस्ने ३८ बर्षीय कृष्णहरी खनाल रहेका छन्।

महाशाखाले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनले ३२ लाख २४ हजार ६१५  जरिवाना गरेपछि फरार रहेका खनाललाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

महाशाखाका अनुसार उच्च अदालत पाटनको विसं २०७७ भदौं १८ गतेको फैसलापछि ११ दिन कैद र बिगोबमोजिम ३२ लाख २४ हजार जरिवानापछि फरार रहेका खनाल बुद्दनगरबाट पक्राउ परेका हुन्।

पक्राउ परेका खनालले आफ्नो बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पीडित व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको अदालतको ठहर थियो।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका खनाललाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077