Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँच जनाविरुद्ध राजस्व छलीमा पनि अर्बौंको मुद्दा

काठमाडौँ । राजश्व अनुसन्धान विभागले ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकालविरुद्ध राजस्वी छलीको मुद्दा दर्ता गरेको छ।

विभागले मंगलबार शोभाकान्त, उनकी श्रीमती उमाकुमारी र सरोज ढकालसहित आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको विभाग आरोप पत्रमा उल्लेख छ।

ढकाल दम्पतीसहित सरोज र सान्टु आनसान इन्टरनेशनल प्रालिका सञ्चालक हुन् । उक्त संस्थाको लेखा परीक्षण गर्ने राजेश्वर श्रेष्ठलाई पनि विभागले कसुरदार देखाएको हो ।

शोभाकान्त ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ । अदालतको आदेशमा उनी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077