Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: प्रदेश २ मा एमालेबाट अन्सारी र साहको उम्मेदवारी दर्ता

रामनारायण यादव / जनकपुरधाम  ।  नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारी दर्ता गराएको छ ।

मंगलबार एमालेबाट अल्पसंख्यकतर्फ उसमान अन्सारी (पर्सा) र महिलातर्फ बिना साह (रौतहट)ले उम्मेदवारी दिएकी हुन् ।

जनकपुरस्थित निर्वाचन कार्यालयमा एमालेका नेता कार्यकर्ताहरु जुलुससहित उम्मेदवारी दर्ता गराउन पुगेको थियो ।

एमालेले सोमबार धनुषाका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा आएर यादवको ठाउँमा अनसारीलाई उम्मेदवार बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077