Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३३ किलो सुन काण्ड : विमानस्थलबाट 'गोरे' का भाइ पक्राउ

काठमाडौं । ३३ किलो सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–७ का ‘गोरे’का भाइ रमेश उप्रेती पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार उनलाई दुबईबाट ल्याइएको हो । यद्यपि, प्रहरीले भने उनी एयर अरेबियाको विमानमार्फत् काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको दाबी गरेको छ ।

२०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो। सो प्रकरणमा गोरेको समूहले यातना दिँदा एक जनाको ज्यानसमेत गएको थियो।

उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077