Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय जनमोर्चाद्धारा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका हुन् ।

पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिनुका साथै अन्य दलका सम्बन्धित जनप्रतिनिधि मतदातालाई पनि साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरिएको छ ।

पार्टीले लुम्बिनी प्रदेशमा दलिततर्फको रिक्त सदस्य पदमा तुलप्रसाद विश्वकर्मालाई गठबन्धनको साझा उम्मेदवार बनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077