काठमाडौं । मोबाइल र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका घर भएका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौंको मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भइ गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङ रहेका छन्।
सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले चोरी गरेका २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।