Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन्।

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ।

सवारी साधन/घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ। कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ।

रिक्त १९ पदका लागि विभिन्न दलबाट ४४ जनाले उम्मदेवारी दिएका छन्। मुख्य प्रतिस्पर्धा सत्तारूढ पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077