Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले जिल्ला अधिवेशनको प्रभाव: संसद बैठक एक साताका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी पुष २८ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबार संसद सचिवालयले एक सूचना जारी गर्दै यसअघि पुस २२ गते बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित भएको हो ।

संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेपछि स्थगित भएको हो।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077