Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077