Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश २ की सञ्चार राज्यमन्त्री कर्ण सवार गाडी दुर्घटना

काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ ।

आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो ।

ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुर्घटनामा ६ जना घाइते भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनकाअनुसार गाडीमा सवार अन्य पाँच जना पनि घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077