Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुदूरपश्चिममा एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन ५५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.2K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार १२६ नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

    एक हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जना र ६९ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा पाँच जना संक्रमित डिस्चार्ज भएका छन ।



    यस्तै हिजो मात्रै ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म ४८ हजार ३९९ जनामा संक्रमण देखिएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार