Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विद्यार्थीलाई खोप लगाइदिएको आरोपमा शिक्षिका पक्राउ, चार वर्षको जेल हुन सक्ने

एजेन्सी । औपचारिक चिकित्सकीय योग्यताबिनै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाइदिएको आरोपमा न्यूयोर्कस्थित एक विद्यालयकी शिक्षिकालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार लौरा रुसोले एक विद्यार्थीलाई घरमै खोप दिएकी थिइन्। उनीसँग खोप लगाइदिने कानुनी अधिकार छैन र उनले विद्यार्थीका आमाबुवासँग अनुमति पनि मागेकी थिइनन्।

जीवविज्ञान पढाउने ५४ वर्षीय रुसोलाई नववर्षको पूर्वसन्ध्या पक्राउ गरिएको थियो। दोषी प्रमाणित भएको अवस्थामा उनलाई चार वर्षको जेल सजाय हुन सक्छ।

प्रहरीका अनुसार रुसोले उक्त खोप कसरी पाइन् र त्यो कुन कम्पनीको हो भन्ने स्पष्ट छैन । हालसम्म अमेरिकामा फाइजर-बायोएनटेकको खोप मात्र १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा प्रयोग अनुमति दिइएको छ।

रुसोले अध्यापन गर्ने हेरिक्स हाई स्कूलका निरीक्षकले एउटा विज्ञप्ति जारी गर्दै आरोपित शिक्षक जिल्ला तहबाट नियुक्त कर्मचारी भएको र उनलाई अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि अध्यापन गर्नबाट रोक लगाइएको जानकारी सार्वजनिक गरेको सीबीएस न्यूजले जनाएको छ। बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077