Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौं: पर्यटनमन्त्री आले

    नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौं: पर्यटनमन्त्री आले

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अघि बढिसकेको बताएका छन्।

    मन्त्री आलेले बिहीबार बिहान सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्।



    ‘त्यसका लागि छानबिन समिति समेत गठन भइसकेको छ,’ मन्त्री आलेले भने, ‘प्रक्रिया पुर्याएर हटाउछौं।’ आफू उक्त क्षेत्रको अवलोकनका लागि निस्केको मन्त्री आलेको भनाइ थियो।



    ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्कोले, पर्सि अर्कोले लिने,’मन्त्री आलेले भने,’यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार