Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोकसेवा आयोगमा परीक्षार्थीहरुको नाराबाजी र प्रदर्शन, नतिजा प्रकाशनको माग

    लोकसेवा आयोगमा परीक्षार्थीहरुको नाराबाजी र प्रदर्शन, नतिजा प्रकाशनको माग

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

    परीक्षार्थीले बुधबार सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् ।



    दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको प्रदर्शनमा उत्रिएकाहरुको भनाइ छ।



    लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन ।

    शाखा अधिकृतको अन्तर्वार्ता दिइसकेको दुई वर्ष भइसकेर दुई वटा नयाँ विज्ञापन खुल्दासमेत नतिजाको टुङ्गो नलाग्दा आफूहरुमा मानसिक र आर्थिक समस्या भएको विद्यार्थीहरुको गुनासो छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार