Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२६ बर्षीय युवकको धन्दा: अपरिचित व्यक्तिसँग २० लाख माग, नदिए ज्यानै लिने धम्की

काठमाडौँ । महानगरीय अपराध महाशाखाले धम्की दिई रकम मागेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा निजगढ न.पा -११ घर भइ हाल काठमाडौँ चन्द्रागिरी बस्ने २६ बर्षीय संजिव भनेर चिनिने पदम काफ्ले रहेका छन्।

महाशाखाका अनुसार काफ्लेले विभिन्न मोवाईल नम्बरहरूबाट पीडितलाई फोन तथा म्यासेज गरेर २० लाख मागेको र उक्त रकम नदिएमा ज्यान समेत लिने धम्की दिएको अनुसन्धानमा खुलना आएको छ।

महाशाखामा परेको उजुरी र पीडितको बयानको आधारमा खटिएको टोलीले बुधबार काफ्लेलाई कलंकीबाट पक्राउ गरेको हो। उनको साथबाट विभिन्न मोबाइल समेत बरामद गरिएको महाशाखाको भनाइ छ।

काफ्लेलाई आपराधिक लाभ (एक्सट्रसन) लिन नहुने कसुरमा थप अनुसन्धानको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077