Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साँढे ३३ किलो सुन तस्करी प्रकरण: दुई लाख धरौटीमा छुटे ‘गोरे’का भाइ रमेश

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले मुख्य आरोपी गोरेका भाइ रमेशलाई  दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रमेश अदालतको आदेशपछि बिहीबार धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङले जनाएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई दुबईबाट ल्याइएको हो । यद्यपि, प्रहरीले भने उनी एयर अरेबियाको विमानमार्फत् मंगलबार काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको दाबी गरेको थियो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपमा उनी युएईमा बस्दै आएका थिए । २०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो । सो प्रकरणमा गोरेको समूहले यातना दिँदा सनम शाक्यको ज्यानसमेत गएको थियो ।

उक्त प्रकरणमा जन्मकैदको सजाय पाएका चूडामणि ‘गोरे’लाई अदालतको पछिल्लो आदेश अनुसार १० वर्ष कैद र १३ लाख क्षतिपूर्ति गराउने फैसला भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077