Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका ७ विकेटले विजयी

एजेन्सी । दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हराएको छ ।

यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो ।

जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकाल्यो ।

भारतले पहिलो पारीमा २०२ र दक्षिण अफ्रिकाले २२९ रन बनाएका थिए । दोस्रो पारीमा भारतीय टोलीले २६६ रन बनाएको थियो । भारतका नियमित कप्तान बिराट कोहली खेलेका थिएनन् । भारतको कप्तानी केएल राहुलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077