Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन खेलबाट साथी बनेका युवक–युवती कोठाभित्रै मृत भेटिए

काठमाडौं । काठमाडौंमा बस्दै आएका युवक–युवती कोठामै मृत फेला परेका छन् ।

महानगरपालिका–६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ घरभई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राई मृत फेला परेका हुन् ।

बिहीबार राती उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई २० २२ दिनदेखि सँगै बस्दै आएका थिए ।

घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसएसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077