Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तुइन काटेर नदीमा हाल्दा पनि बोल्न नसक्ने सरकार ‘निम्छरो’ हो: ओली

    तुइन काटेर नदीमा हाल्दा पनि बोल्न नसक्ने सरकार ‘निम्छरो’ हो: ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको सरकारलाई ‘निम्छरो’को संज्ञा दिएका छन्।

    शुक्रबार पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बिदेशीको सामु घुँडा टेकेको बताए।



    सम्बोधनका क्रममा अध्यक्ष ओलीले वर्तमान सरकार देशको नागरिकलाई भारतीले तुइन काटेर खोलामा हाल्दासमेत बोल्न नसकेको बताए।



    ‘एमालेको सरकार देशका छुटेका भूभाग राखेर नक्सा जारी गर्ने र पास गर्ने सरकार हो, ओलीले भने, ‘तुइन काटेर खोलामा हाल्दा नबोल्ने निम्छरो सरकार होइन।’

    उनले एमाले विदेशी हस्तक्षेकाविरुद्ध एक्लै दृढताका साथ बोल्ने गरेको बताउँदै पाँच दलीय गठबन्धनले बोल्न नसकेको बताए। ‘मलाई शरम लाग्छ, त्यस्ताहरु सरकारमा बस्ने कसरी हक राख्छन् ? हुन त उनीहरुले सरकारमा बस्ने जनादेश नै पाएका थिएनन्,’ ओलीले भने।

    एमालेले आज देशभरका ६१ जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । १६ जिल्लामा भने प्रतिकुल मौसमका कारण स्थगित गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार