Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न आग्रह

    ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ, महोत्सव नगर्न आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाइ गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाई कडाइ गर्न तयारी गरिएको छ ।

    संघको स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमिक्रोन भाइरस बढ्न सक्ने आकलन सहित तयारी तीव्र पारिएको हो ।



    गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकमा ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री,जनशक्ति व्यवस्थापन अक्सिजन सिलिन्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिए ।



    उनले यस्तो अवस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार