Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं । कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। संघिय लागुऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगर र जिलला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको हो।

भिमदत्त नगरपलिका वडा नम्बर १८ कटानबाट पैदल हिन्दै गरेको बेदकोट नगरपालीका वडा नम्बर ६ बस्ने १९ वर्षीय दिवश अवस्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको साथबाट कालो झोलामा लुकाई छिपाई गरी राखेको ३.२९ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले बताएको छ। उनलाई कानून बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले थप एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।

पुनर्बास नगरपालिका ८ बस्ने २६ वर्षीय राजबहादुर सुनार र सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल ओझालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ ग्राम खैरो हिरोईन फेला परेको गणले जनाएको छ। उनीहरुलाई कानून बमोजिम कारबाहिका लागि इृलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीमा भुझाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077