Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

वार्तामार्फत् किसानको माग पूरा गर्न सरकार समक्ष राजेन्द्र महतोको माग

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेता महतोले शनिबार विज्ञप्ति जारी गर्दै तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु ।’  बिज्ञप्तिमा उनले भनेका छन्।

किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077