Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या

एजेन्सी । बन्दुकधारीहरुले नाइजेरियामा १४० भन्दा बढीको हत्या गरेका छन्। बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी छ। तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन्। उनले भने, ‘लडाकू समूहले १४३ जनाको हत्या गरेका छन्, उनीहरुले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेका हुन्।’

आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन्। उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन। आक्रमणकारीले घर घरमै गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ। सरकारले उनीहरुलाई आतङ्वादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077