Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको झण्डै ३५ लाख रकमसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको झण्डै ३५ लाख रुपैयाँसहित कपिलवस्तुबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

कपिलवस्तु नगरपालिका ९ हर्नामपुरका ३९ वर्षीय रामबहादुर खटिकलाई ३५ लाख भन्दा धेरै नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

खटिकको साथबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ बरामद गरेको छ।

खटिकले घरबाट लागुऔषधको कारोबार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले ठूलो परिणाममा नगद बरामद गरेको हो ।

उनको घरबाट विभिन्न कम्पनीका १६ थान मोबाइल फोनसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

खटिकलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077