Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आयल निगमको कार्यकारी निर्देशक पदका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौँ । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलाएको छ ।

आइतबार निगमको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै आवेदन खुला गरेको हो । निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेल आफ्नो तीन वर्ष कार्यकाल पूरा गरी गत पुष २२ गते बिदा भएका थिए। पौडेल बाहिरिएसँगै उनको स्थानमा विज्ञापन खुलाइएको हो।

निगमको कार्यकारी निर्देशक हुन निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा पाँच हजार रुपैयाँसहित २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

यस्तो छ निगमको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077