Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

कोरोनाको 'हटस्पट' बन्यो काठमाडौँ, एकैदिन थपिए ६१५ नयाँ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६१५ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना संक्रमित थपिएका हुन्।

यस्तै, आज देशभर सन् २०२२ यताकै धेरै १ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार पीसीआर परीक्षणमा संक्रमणदर औसत ९.५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077