Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: १९ पदका लागि ४३ जनाको उम्मेदवारी [सूची]

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाका १९ जना सदस्य (सांसद्)का लागि आगामी माघ १२ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाका १९ पद (सदस्य)का लागि ४३ जनाको उम्मेदवारी परेको जनाएको छ। जसमा प्रदेश १ बाट ८, प्रदेश २ बाट ५, बागमती प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको छ।

यस्तै, गण्डकी प्रदेशबाट ६, लुम्बिनी प्रदेशबाट ६ जना, कर्णाली प्रदेशबाट ६ र सुदूरपश्चिम प्रदेशबाट ६ जनाको उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।

हेर्नुहोस् आयोगले प्रकाशन गरेको सूची:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077