Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुबई पुर्याएर हजारौं नेपालीलाई अलपत्र पार्ने दलालसँग सरकारी कर्मचारीकै साँठगाँठ, विमानस्थलमा हुँदैन चेकजाँच

    दुबई पुर्याएर हजारौं नेपालीलाई अलपत्र पार्ने दलालसँग सरकारी कर्मचारीकै साँठगाँठ, विमानस्थलमा हुँदैन चेकजाँच

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । भिजिट भिषाको नाममा दलालहरुले हजारौं नेपालीलाई दुबई पुर्याएर अलपत्र पारेको रहस्य खुलेको छ । दलाललाई लाखौं बुझाएर दुबई पुगेका उनीहरुले आफूहरु अलपत्र परेको भन्दै सञ्चारमाध्यमको शरणमा आउन थालेपछि रहस्य खुलेको हो ।

    पछिल्लो तथ्यांक अनुसार ४० हजार नेपालीहरु भिजिट भिषामा दुबई पुगेका छन् त्यसमध्ये ३० हजार नेपालीको विचल्ली भएको छ । नेपालबाट अवैध रुपमा दुबई पुगेका उनीहरुलाई विचल्ली पार्नेमध्येका एक हुन् कोमलराज उपाध्याय ।



    दुबईमा समेत कार्यालय खोलेका उपाध्यायले आकर्षक तलब र जागिर मिलाइदिन्छु भन्दै नेपालीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म असुलेर भिजिट भिषामा युएई पुर्याएका हुन् । विमानस्थलका सरकारी कर्मचारी र दलालको सेटिङमा नेपाली युवाहरु आकर्षक तलब र जागिरको आशमा दुबई पुगेका हुन् ।



    आकर्षक तलबको लोभमा दुबई पुगेकामध्ये अधिकांश नेपाली सेनाका जवानहरु रहेको समेत खुलेको छ । नेपालको सरकारी जागिर छाडेर भिजिट भिषामा दुबई पुगेका उनीहरुले उपाध्यायको समूहले दुबई आर्मीमा काम लगाइदिन्छु भन्दै आफूहरुलाई ल्याएको बताएका छन् ।

    दुबईमै कार्यालय रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीजले नेपालबाट अवैध रुपमा भिजिट भिषामा सयौँ युवाहरुलाई दुवई लिएर गएको थियो । उक्त कम्पनिले आर्म्स गार्डमा जागिर खुलेको छ भन्दै भ्याकेन्सी प्रचार गरेको थियो । उक्त सूचना अनुसार नेपाली सेनामा कार्यरत रहेका नेपालीलाई मात्रै जागिरमा लगाइने उल्लेख थियो । ३ हजारको संख्यामा नेपाली सेनाका कर्मचारीहरु मागेको भन्दै निकालिएको भ्याकेन्सी नोटिसमा प्रतिव्यक्ति ३ हजार अमेरिकन डलर तलब हुने आश्वासन बाँढिएको थियो । तर, सोही आश्वासनको भरोषामा नेपाली सेनाको जागिर छाडेर भिजिट भिषामा दुबई पुगेका २ सय जना नेपाली सेना यतिबेला विचल्लीमा परेका हुन् ।

    कतिपयले त त्रिनेत्र कन्सल्टेन्सीजका मालिक कोमलराज उपाध्यायलाई ५ लाख ९५ हजार बुझाएको बताएका छन् ।

    उनकै कम्पनिले भिजिट भिषामा दुबई पुर्याएका नेपाली सेनाका जवानहरुमात्र नभई अन्य नेपाली युवाहरु पनि रहेका छन् । लामो समयसम्म विचल्लीमा परेका युवाहरुले उपाध्यायलाई घेरेपछि उनले सहमतिको कागज भने गरेका छन् ।

    उपाध्यायले हस्ताक्षर गरेको उक्त कागजातमा उनले गत नोभेम्बर २७ मा एक हप्ता भित्र काम लगाइदिने प्रतिबद्धता गरेका थिए । तर, जनावरी ९ हुँदा समेत काम नलगाएपछि विचल्लीमा परेका युवाहरुले आफूहरुको उद्दार गरिदिन आग्रह गरेका छन् ।

    नेपालबाट भिजिट भिषामा दुबई लाने चाँजो पाँजो भने सन्तोष सुवेदी र राजन शाह ठकुरीले मिलाएका थिए । उनीहरुले नै सेनाका जवानहरुबाट ३ लाखदेखि ४ लाखसम्म असुली गरेका थिए ।

    हामीलाई प्राप्त भिडियोमा भिजिट भिषामा दुबई ल्याएर ९० दिनसम्म काम समेत नदिएर विचल्ली बनाएको भन्दै उपाध्यायलाई नै घेराबन्दी गरेका छन् । विचल्ली परेका नेपालीहरुले घराबन्दी गरेपछि कमलले २४ घण्टाको समय मागेका छन् ।

    विचल्लीमा परेका नेपालीहरुले उपाध्यायलाई ‘यदि काम गराउन नसक्ने भए यो कागजमा हस्ताक्षर गर्नुस्’ भन्दै कागज दिएपनि उपाध्यायलेआफूले उक्त कागजमा हस्ताक्षर नगर्ने बरु काम नगर्ने भए नेपाल फर्कन धम्की दिएका छन् ।

    उपाध्यायसँग सवाल जवाफ गर्नेमा अधिकांश नेपाली सेनाका जवान देखिन्छन् । उनीहरुले नेपाली सेनाको पहिरन समेत लगाएको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार