Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने भएको छ ।

​नगरपालिकाले आइतबार सूचना प्रकाशन गरेर सार्वजनिक बिदा दिने जनाएको हो ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको सम्मानका लागि नगरभित्र सार्वजनिक बिदा दिइएको नगरप्रमुख दिलीपप्रताप खाणले जानकारी दिए।

नगरपालिकाले निकालेको सूचनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा वालिङ नगरपालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077