Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : सहज जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा

एजेन्सी । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा श्रेयसवरिमाथि ४-१ को सानदार जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो।

श्रेयसवरिविरूद्ध १-० ले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले प्रभावशाली जित निकालेको हो। लिभरपुलका लागि फाविनहोले २ तथा काइदे गोर्डोन र फिरमिनोले १-१ गोल गरे। त्यसअघि श्रेयसवरिले डेनियल उडोचले गोल गरेका थिए।

खेलको २७ औं मिनेटमा डेनियल उडोचको गोलमार्फत श्रेयसवरिले लिभरपुलमाथि सुरूआती अग्रता लिएको थियो।

तर सातपटकको च्याम्पियन लिभरपलले गोल खाएको सातौ मिनेटमै बराबरी गोल फर्कायो। उसका लागि काइदे गोर्डोन गोल गरेका थिए। ब्राडलेको पासलाई युवा खेलाडी गोर्डोनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

खेलको ४४ औंमिनेटमा लिभरपुलले अग्रता लियो। फाविनहोले ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा थप आक्रम देखिएको लिभरपुलले ७८ औ मिनेटमा अग्रता ३-१ मा पुर्‍यायो। उसका लागि फिरमिनोले तेस्रो गोल गरेका थिए।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा फाविनहोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको उत्कृष्ट पुनरागमन जित सम्भव भयो। यो जितसँगै लिभपुल चौथो चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077