Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

म्यानमारकी नेतृ सुकीलाई चार वर्षको जेल सजाय सुनाइयो

एजेन्सी । म्यानमारको सैन्य अदालतले कैयौँ मुद्दामा हिरासतमा रहेकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी-टकी भएको आरोप लगाइएको छ।

फेब्रुअरीमा नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई सेनाले अपदस्थ गरेको थियो। सुकीलाई डिसेम्बरमा कोरोनाभाइरस प्रतिबन्धहरू उल्लंघन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। पछि यो सजाय घटाउँदै उनी साढे दुई वर्ष घरमै थुनिएकी थिइन् ।

रिपोर्टका अनुसार सत्ता परिवर्तनपछि भएको हिंसात्मक प्रदर्शनमा १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । डिसेम्बरमा सुकीको सजायको अन्तर्राष्ट्रिय निन्दा समेत भएको थियो ।

यस निर्णयमा ह्युमन राइट्स वाचका अनुसन्धानकर्ता मेनी मोङले अर्को सजायले राष्ट्रिय स्तरमा असन्तुष्टिलाई थप गहिरो बनाउने बताएका छन्  । उनले समाचार एजेन्सी एएफपीलाई भने, 'जब उनलाई पछिल्लो पटक सजाय सुनाइएको थियो, यो मुद्दा म्यानमारमा सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चामा थियो र जनतामा आक्रोश थियो ।'

'यसले जनतामा डर पैदा गर्छ भन्ने सेनाको मुल्यांकन छ तर यसले जनतामा आक्रोश मात्र बढाएको छ।' पत्रकारहरूलाई सुनुवाइमा उपस्थित हुन दिइएन, जबकि सुकीका वकिलहरूलाई मिडियासँग बोल्न निषेध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077