Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्म स्थगित (सूचनासहित)

काठमाडौं । प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक पुन: स्थगित गरिएको छ ।

पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक आज एक सूचना जारी गरेर स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिइएको छ ।

‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077