Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको १४ लाख नगदसहित भारतीय नागरिक पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने संजय कुमार जैसवाल रहेका छन् । सशस्त्रका अनुसार जैसवाललाई आइतबार रौतहटको ईशनाथ नगरपालिका-२ स्थित मनमोहन गेटबाट उक्त रकमसहित पक्राउ गरिएको हो।

बि आर ०५ ए जी ८०५७ नम्बरको भारतीय मोटरसाईकलमा नेपालतलर्फ आउँदै गरेका जैसवाललाई चेकजाँच गर्दा उनको साथबाट उक्त रकम फेला परेको सशस्त्रको भनाइ छ। साथै, उक्त मोटरसाइकल पनि बरामद गरिएको बताइएको छ।

पक्राउ परेका जैसवाललाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077