Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले जिल्ला अधिवेशन : कैलालीमा मतदान सकियो, आजै मतगणना थालिने

कैलाली । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचन अन्तर्गत आज भएको मतदान सकिएको छ।

धनगढीमा सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिएको हो । ६ सय ९ मतदाता रहेकोमा ५ सय ९० मत खसेको प्रमुख निर्वाचन अधिकृत चक्र तिमिल्सिनाले बताए ।

उनले आज रातिदेखि नै पार्टी कार्यालयमा मतगणना पनि सुरु गर्ने बताए ।एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्।

जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभुमी भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्व माओवादी विरुद्ध एमाले एक ठाउँमा देखिएको छ। माओवादी छाडेर एमाले रोजेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले अध्यक्षमा थापालाई सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077