Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो ।

नेपाल र दाहालबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

यसअघि कन्ट्र्याक ट्रेसिङमा परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा थिए । तर, उनको रिर्पोट निगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077