Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले प्रतिबन्धित लागुसहित पक्राउ परेका ६ जनालाई सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका–९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा–१० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन्।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मास्टरचोकमा डेरा गरी बस्ने विशालको कोठाबाट लागुऔषधसहित उनीहरुलार्ई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077