Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ : उपसभापति धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा' भनेका छन्।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले बताएका छन् ।

उनले लेखेका छन्, 'पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077