Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपत्यकामा घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने (आदेशसहित)

    उपत्यकामा घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने (आदेशसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ।

    प्रशासनले आज मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।



    यस्तै, प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ । यसैगरी सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सवहरु नगर्न समेत निर्देशन दिएको छ।



    साथै, सार्वजनिक सवारीका साधनहरुमा नियमित सेनिटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ।

    हेर्नुहोस् प्रशासनको निर्देशन:

     

    पछिल्लो समय कोरोना संक्रमण निकै बढ्दै गएको छ। जसमा मंगलबार मात्र २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार