Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले भन्यो- लिपुलेकमा सडक खन्ने मोदीको घोषणा नेपाली सार्वभौमिकताको उल्लंघन हो

काठमाडौं । नेकपा एमालेले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाएको छ।

मंगलबार एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले एक विज्ञप्ति जारी गर्दै नेपाली भू–भाग (लिपुलेक, लिम्पियाधुरा र कालापानी)मा भारतले गरेको सडक लगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने भट्टराईद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, 'सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।'

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रुपमा रहेका र गत वर्ष नै राजनीतिक-प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको बताइएको छ।

हेर्नुहोस् वक्तब्य:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077