Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

आजदेखि काठमाडौँ उपत्यकामा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासनले कोभिड भाइरस संक्रमण तीव्र रूपमा बढेपछि २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने भेला, सम्मेलनलगायतका कार्यक्रममा रोक लगाएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी विभिन्न प्रतिबन्धात्मक घोषणा गरेको हो । २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाउँदै १७ बुँदे आदेश पनि जारी गरिएको छ ।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायले आवतजावतलाई कडाइ गर्न र सुरक्षा मापदण्डको पालनालाई कडाइ गर्न प्रतिबन्धात्मक कार्यक्रम अघि सारिएको बताए ।

आदेशको अनुगमनका लागि सुरक्षा निकायलाई परिचालन गरिने सीडीओ उपाध्यायले जानकारी दिए। अनुगमन गर्दा आदेशको पालना नगरेको भए संक्रामक रोग ऐनअनुसार कारबाही गरिने जनाइएको छ। कोरोनाको पछिल्लो भेरियन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको उनले बताए।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णयअनुसार स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन,२०२० ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो। त्यस्तै राजनीतिक दलका सभा, सम्मेलनसहित भीडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ।

सार्वजनिक स्थलमा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न सीडीओको बैठकले आदेश जारी गरेको छ। माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077