Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लोहनीलाई अस्पताल प्रवेश गर्न नदिन आन्दोलनमा उत्रिए वीरका कर्मचारीहरु

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिड युनिफाइड (वीर अस्पताल) को प्रशासकीय अधिकृतमा डा. गुणराज लोहनीलाई नियुक्त गरेसँगै अस्पतालका कर्मचारीले विरोध प्रदर्शन गरेका छन् ।

मन्त्री खतिवडाले प्रतिष्ठान ऐन विपरीत विवादित छबी भएका डा. लोहनीलाई वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको भन्दै उनको विरोधमा अस्पतालका कर्मचारी प्लेकार्डसहित प्रदर्शमा उत्रिएका हुन् । उनीहरूले सरुवा बदर गर्न र वीर अस्पतालमा वीरकै नेतृत्व कायम राख्न माग समेत गरेका छन्।

डा. लोहनी स्वास्थ्य विमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताललगायतमा असफल भएका व्यक्ति हुन् भने उनीमाथि मेडिकल माफियासँग बिषेश समन्ध रहेको आरोप लाग्दै आएको छ । त्यसो त स्वास्थ्य मन्त्रालयमा रहँदा उनले न्याम्सको सुधारमा अवरोध समेत गरेको वीरकै कर्मचारीहरु बताउँछन् । मेडिकल माफिया विशाल पण्डितसँग बिशेष समन्ध भएका डा. लोहनी पहिलेदेखि नै वीर अस्पताल बिरोधी रवैया देखाउने स्वास्थ्यका अधिकारीमा पर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077