Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाइएको हो।

बैठकमा तीन वटा विषयमा छलफल हुने थपलियाको भनाइ छ । जसमा  स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ।

यसअघि गत पुस ९ गते आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते चुनावका विषयमा प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077