Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले जिल्ला अधिवेशन : भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी

अछाम । नेकपा (एमाले) अछामको अध्यक्षमा संस्थापन पक्षका प्रत्यासी चन्द्रबहादुर बोहरा ४३१ मत ल्याएर वियजी भएका छन् ।

केपी शर्मा ओलीसँग अध्यक्षका प्रतिद्वन्दी भीम रावल पक्षका उम्मेद्वार प्रकाशबहादुर शाहलाई एकसय २५ मतले पछि पार्दै बोहरा अध्यक्षमा विजयी भएका हुन् ।

खसेको ७५० मतमा शाहले ३०७ मत ल्याएर अध्यक्ष पदमा पराजित भएको निर्वाचन समितिले जानकारी दिएको छ । बोहरा ओली र शाहले रावल पक्षमा प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवरले तीनसय १३ मत ल्याएर विजयी भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) चारसय ५३ मतले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077