Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट निर्वाचित

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन् । बिष्टले २८१ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी वीरबहादुर थापा (पातल) ले १८३ मत ल्याए । उपाध्यक्षमा लक्ष्मी बुढा २५४ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी महेश पन्तले २०५ मत ल्याए।

सचिवमा पल्लबराज भट्ट २३३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी अशोककुमार चन्दले २२६ मत ल्याएका छन्। उपसचिव पदमा फैरु तमाङ २९६ र कर्णबहादुर चन्द ३४७ मत ल्याएर विजयी भएका छन्।

विजयी हुने पदाधिकारी सबै बिष्ट प्यानलका रहेका छन्। पाँच पदाधिकारीसहित १२० सदस्य चयनका लागि निर्वाचन भएको हो। निर्वाचनमा ४९९ मतदाता मध्ये ४७० जनाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077