Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नारायणहिटीमा बतासबारे योगेशको प्रश्न- पूर्वराजा, महाराजाले रक्सी भट्टी चलाउन पाउने, आगन्तुकले कफी पिउन नपाउने ?

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार संग्रालयमा रेस्टुरेन्ट प्रकरणमा बतास समूहसंग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

नेकपा एमालेका नेता समेत रहेका भट्टराईले आफ्नो पालामा उक्त सम्झौता भए पनि उक्त प्रकरणमा आफूलाई कुनै थाहा नभएको बताएका हुन्। विश्वमा रहेका केही मुख्य संग्रालयहरुको उदाहरण दिँदै त्यसभित्र कफीसप खोल्नु जायज भएको भट्टराईको तर्क छ।

गएराती प्राइम टाइम टेलिभिजनबाट संचालित जनता जान्न चाहन्छन् कार्यक्रममा भट्टराईले आफूले राम्रो कामको जहिले समर्थन गर्ने र नराम्रोको सधै बिरोध गर्ने बताए । गौतमबुद्द विमानस्थलदेखि पोखरा विमानस्थल आफूले जुन हालतमा छाडेको अहिले पनि उस्तै रहेको उनको गुनासो थियो ।

यस्तै, पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा पूर्वमन्त्री भट्टराईले रेस्टुरेन्ट र कफीसप फरक रहेको बताए । उनले भने, 'हामीले, कुनै नाइट क्लव बनाउने भनेका होइनौं, आगनुत्कहरुलाई चिया कफी खाने ठाउँ बनाउने भनेका हौं। '

दरबार इतिहासभित्र रेस्टुरेन्ट चल्न हुन्छ ? त्यो जायज हो र ? भन्ने पत्रकार धमलाको प्रश्नको जवाफमा भट्टराईले पूर्वराजा, महाराजाहरुले रक्सी भट्टी संचालन गर्न हुने, आगन्तुकले कफी पिउन नहुने ? भट्टराईको प्रश्न थियो।

साथै, सोही कार्यक्रमबाटै भट्टराईले आफ्नो बारेमा भ्रामक समाचार आएकोमा खेद प्रकट गर्दै सम्बन्धित मान्छेसँग बुझेर र सोधेर मात्रै समाचारलेख्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077