Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरमा लोहनीको सरुवा रोकियो, बस्नेतलाई नै निरन्तरता दिन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा. गुणराज लोहनीको सरुवा रोकिएको छ।

दुई दिनअघि मन्त्रिस्तरीय निर्णयबाट स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा लोहनीलाई वीर अस्पतालमा सरुवा गरेका थिए। तर, त्यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनको सरुवा रोकिएको हो।

न्याम्स ऐन विपरित डा लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जनाकारी नदिइ गरिएको र राष्ट्रियसभा निर्वाचनको आचारसंहिताका  बेला उनको सरुवा गरिएको भन्दै अस्पतालका कर्मचारीहरुले हिजो प्ले कार्डसहित विरोध गरेका थिए।

स्रोतका अनुसार अस्पतालका कर्मचारीको विरोधपछि प्रधानमन्त्री देउवाले हाल उनको सरुवा नगर्न र वीरमा डा भुपेन्द्र बस्नेतलाई नै निरन्तरता दिन निर्देशन दिएका छन्।प्रधानमन्त्रीको उक्त निर्देशनलाई स्वास्थ्य मन्त्रालयले आजै कार्यान्वयन गर्ने स्रोतको भनाइ छ।

डा. लोहनी स्वास्थ्य विमा बोर्ड, स्वास्थ्य सेवा विभाग, कोशी अस्पताललगायतमा असफल भएका व्यक्ति हुन् भने उनीमाथि मेडिकल माफियासँग बिषेश समन्ध रहेको आरोप लाग्दै आएको छ । त्यसो त स्वास्थ्य मन्त्रालयमा रहँदा उनले न्याम्सको सुधारमा अवरोध समेत गरेको वीरकै कर्मचारीहरु बताउँछन् । मेडिकल माफिया विशाल पण्डितसँग बिशेष समन्ध भएका डा. लोहनी पहिलेदेखि नै वीर अस्पताल बिरोधी रवैया देखाउने स्वास्थ्यका अधिकारीमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077