Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोभिड–१९: करारमा नियुक्त भएका स्वास्थ्यकर्मीहरुको अवधि तीन महिना थप

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि करारमा नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले बिहीबार एक प्रेस  विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

जसमा विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएका कारण कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पनि पदमा तत्काल जनशक्ति व्यवास्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी/कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने छ।'

हेर्नुहोस् विज्ञप्तिः

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077