Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन [सूची]

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार दोस्रो पटक आवेदन माग गर्दा निर्धारित समयसम्म अध्यक्षका लागि १५ जनाले निवेदन बुझाएका छन् । जसमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, बोर्डकै उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईं र चितवनका अनिल पौडेल रहेका छन् ।

यस्तै, निबेदन बुझाउनेहरुमा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सीईओ सीताराम थपलिया, शेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अम्गाईं, रमेश हमाल, अम्बिका शर्मा लामिछाने, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, हेमन्त बस्याल, रमेश अधिकारी र कृष्णराज पोखरेल रहेका छन्।

सर्वोत्तम सिमेन्टको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो। त्यसयता बोर्ड अध्यक्षविहीन छ ।

यसअघिको आवेदनमा ११ जनाले अध्यक्षका लागि आवेदन दिएका थिए । अध्यक्ष छनोट गर्न गठन गरेको छनोट समितिमा नै बिवाद देखिएपछि पुनः आवेदन माग गरिएको थियो। छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077